News

Jul 14, 2011

सीमास्तम्भ गायब भएपछि महादेवपट्टी क्षेत्र तनावपूर्ण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सीमा अतिक्रमण गर्ने घटना पर्सामा एकपछि अर्को गर्दै दोहोरिँदै गएको छ । सोही क्रममा गएराति पर्सा जिल्लाको महादेवपट्टी गाविसमा रहेका ४ वटा सहायक सीमा स्तम्भ भारतीय नागरिकहरुले उखेलेर फालेपछि सो क्षेत्र तनावपूर्ण बन्न पुग्यो । स्थानीय बासिन्दाका अनुसार गएराति भारतीय नागरिकहरुले त्यस क्षेत्रमा रहेको प्रमुख पिलर ४२६ को सहायक पिलर ८, ९, १० र ११ नम्बरका सीमावर्ती भारतीय बिहार राज्य सिसवा गाउका स्थानीय बासिन्दाले उखेलेर पिलर बेपत्ता पारेको र सो विषयमा उत्पन्न विवाद आज पनि जारी रहेको छ । सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो जग्गा भारतीय पक्षले कब्जा गर्ने उद्देश्यले सहायक स्तम्भहरु उखेलेर फालेको आरोप लगाएका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा वल पर्सा र भारतीय सीमासुरक्षा एसएसबी फोर्सले संयुक्तरूपमा बेपत्ता पारिएका सहायक सीमा स्तम्भहरुको खोजीकार्य जारी राखेको बताएको छ ।

No comments: