News

Jul 11, 2011

आज नेपालगञ्जमा भैंसी आन्दोलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल पिछडा वर्ग महासङ्घ बाँके सम्बद्ध केही पदाधिकारीले जिविस बाँकेलाई रकम निकासाका लागि दबाब दिन आज नेपालगञ्जमा भैंसी आन्दोलन गरिएको छ । नेपाल पिछडा वर्ग महासङ्घ कौसलकुमार समूहका बाँके अध्यक्ष बताउने मनोजकुमार बर्माको अगुवाइमा छवटा भैंसी ल्याएर जिविस कार्यालय प्रवेशमा अवरोध सिर्जना गरिएको थियो । पिछडा वर्गको जाति उत्थानका लागि आएको बजेटबाट भैंसी किनिएको तथा त्यसैको भुक्तानी र पिछडा वर्गको नाममा आएको बजेट निकासा गराउन नयाँ खालको आन्दोलन गरिएको अध्यक्ष बर्माले बताउनुभयो । सरकारले स्थानीय विकास मन्त्रालयमार्फत तराईका २० जिल्लामा पिछडा वर्गभित्र पर्ने जातजातिको उत्थान र विकासका लागि पठाइएको रकम गत वर्ष पनि बाँकेमा हिनामिना भएको थियो ।

No comments: