News

Feb 13, 2012

लिम्वुवानको घोषणा गर्दै लिरामोको पत्रकार सम्मेलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ फेव्रुवरी २०१२ को वेलुका सनराईज साप्ताहिकको कार्यालय जोर्डनमा लिम्वुवान राष्ट्रिय मोर्चाले एक पत्रकार सम्मेलनको आयोजनागरी भर्खरै राज्यपूनसंरचना आयोगले निकालेको २ वटै स्वायत्त राज्यहरुको खाकालाई असहमती जनाउदै र लिम्वुवानको सवालमा आयोगको वहुमतले अरुणपूर्वको साविक ९ जिल्लाहरुलाई लिम्वुवानमा नसमेटी संखुवासभा र धनकुटा जिल्लाहरुलाई किरात राज्यमा तथा किरातको केन्द्र अरुण पूर्व लिम्वुवानको धनकुटामा र तराईको झापा, मोरङ र सुनसरी- लिम्वुवानको ऐतिहासिक राजधानीहरु समेत रहेको विजयपुर धरान र मोरङ रंगेली)लाई मधेसमा राखि ऐतिहासिक लिम्वुवानलाई खुम्च्याईएकोमा र अल्पमतको खाकामा लिम्वुवान प्रस्तावित नभएकोले ती दुवै खाकाहरुलाई च्यातेर त्यसको शसक्त विरोधको शुरुवात हङकङवाट गर्दै आफ्नो पार्टी नयां खाका तथा शासकीय स्वरुपको ढाचा र्सार्वजनिक गरेको छ । यद्धपी पहिलो खाकामा लिम्वुवान प्रस्ताव गरेकोमा स्वागत गरेको थियो ।
लिरामोको अनुसार १२ स्वायत्त राज्यहरु हुनुपर्नेछ । ती राज्यहरुमा १) लिम्वुवान -ताप्लेजुङ्ग, पानथर,इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा ९ जिल्लाहरु समाहित) -केन्द्र विजयपूर धरान २) खम्वुवान-सोलुखम्बु, खोटाङ, भोजपुर, उदयपुर, ओखलढुङ्गा, रामेछाप, दोलखा) -केन्द्र भोजपूर ३) ताम्वासालिङ -सिन्धुली, काभ्रे, सिन्धुपालचोक, रसुवा, नुवाकोट, धादिङ, आधा मकवानपुर) -केन्द्र चौतारा ४) नेवावान -काठमाण्डौ, ललितपुर, भक्तपर)ु-केन्द्र काठमाण्डौ ५) तमुवान -गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा) -केन्द्र पोखरा ६) मगरात -पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, सल्यान, प्युठान, अर्घाखाची) -केन्द्र तान्सेन ७) जडान -डोल्पा, जुम्ला, मुगु , हुम्ला) -केन्द्र जुम्ला ८) खसान -जाजरकोट, कालीकोट, दैलेख, र्सर्ुखेत, अछाम, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी, दार्चुला) -केन्द्र सर्ुर्खेत ९) थारुवान -कन्चनपुर, कैलाली, बर्दीया, बाके, दाङ) -केन्द्र घोराही १०) लुम्वीनी -कपिलवस्तु, रुपन्देही, नवलपरासी) -केन्द्र भैरहवा ११) चीतावान -तनहु, चितवन, आधा मकवानपुर) -नारायणगढ १२) मिथीला -पर्साबारा, रौतहट, र्सलाही, महोत्तरी, धनुसा, सिरहा, सप्तरी) -जनकपुर रहेका छन् । यस प्रस्तावित राज्यहरुको सांध सिमानाहरु नदीनाला, पहाड पर्वत आदि रहेका छन् भने आवश्यकताहेरी थोरवहुत स्थानीय जनताहरुको मागको आधारमा सिमामा र केन्द्र तोकिने र यसको लागि विज्ञ टोली समेत गठन गरी कार्य सम्पादन गरिनुपर्ने राय रहेको छ ।
आफ्नो खाका र्सार्वजनिक गर्नुअघि लिरामो अध्यक्ष दिल पालुङवा लिम्वुले राज्यपूनसंरचनाको खाकाहरुप्रति घोर असहमती भएको जानकारी गराउदै सिस्वा,संखुवाखोला अरुण सप्तकोशी पूर्व, मेची नदी पश्चिम, तिव्वत चीन दक्षिण र भारत उत्तरविचको भुभाग ऐतिहासिक लिम्वुवान भूमि भएकोले उक्तभूमिलाई लिम्वुवान राज्य र उक्त राज्यको राजधानी या केन्द्र लिम्वुवानको ऐतिहासिक राजधानीको रुपमा रहेको विजयपुर धरानलाई घोषणा गरिएको थियो ।
कार्यक्रममा र्सवप्रथम राज्यपूनसंरचनाको २ वटा खाकाहरुलाई अध्यक्ष दिल पालुङवा लिम्वु र महासचिव अविचन्द्र इङनामले च्यातेका थिए भने लिरामो खाका उपाध्यक्ष धनवीर सांवाले प्रदर्शन गराएका थिए । त्यसैगरी शासकीय स्वरुप वारेमा अध्यक्ष दिल पालुङवा लिम्वुले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । लिरामोको अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र राज्य प्रमुख रहेको राष्ट्रपति अर्थात अध्यक्षात्मक व्यवस्था हुनुपर्नेरहेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका विचमा शक्तिपृथकीकरण हुनुपर्नेछ । त्यसैगरी प्रान्त या स्वायत्त राज्यमा प्रत्यक्ष निर्वाचित मूख्यमन्त्री रहनुपर्ने रहेको छ । सेना, परराष्ट्र मामला, रक्षा र मुद्रा वाहेक अन्य सम्पूर्ण अधिकारहरु स्वायत्त राज्यमा रहने गरी विकासका कार्यहरु स्वतन्त्र रुपमा स्वायत्त राज्यले गर्न पाउने अधिकार हुनुपर्नेछ । त्यस्तै गरी केन्द्रीय सरकारले स्वायत्त राज्यहरुको विगठन गर्न पाउने छैनन् र यदी त्यसो भएमा स्वायत्त राज्यले भिटो पावर लाउन पाउनु पर्नेछ । त्यस्तै स्वायत्त राज्यले विखण्डन गर्न खोजेमा मात्र केन्द्रीय सरकारले अधिकार प्रयोग गर्न सक्नेछ ।
त्यस्तै गरेर स्वायत्त राज्यहरुको खाका वारेमा महासचिव अविचन्द्र इङनामले प्रस्तुत गर्नुभएको थियो । यसमा लिम्वुवान, खम्वुवान, ताम्वासालिङ, नेवावान, तमुवान, मगरात र थारुवान जातिय ऐतिहासिक पहिचानको आधारमा, जडान, खसान समावेसी जातिको आधारमा, लुम्वीनी ऐतिहासिक महत्वको आधारमा, चीतावान भौगोलिक तथा प्रशासनिक उपयुक्तताको आधारमा र मिथीला क्षेत्रीय भाषिक आधारमा रहनुपर्ने अवधारणा राखेको छ ।
यस कार्यक्रमको अध्यक्षता लिरामो अध्यक्ष दिल पालुङवा लिम्वुले गर्नुभएको थियो । स्वागत मन्तव्य सदस्य हस्त लिवाङले गर्नुभएको थियो भने सञ्चालन सदस्य तथा लिरामो महिलासंघको अध्यक्ष गीता पालुङवाले गर्नुभएको थियो ।
"लिम्वुवान तपाईहरुले चाहेको अनुसारको अर्थात अरुणपूर्वको ९ जिल्लाहरु समाहित नभए तपाईहरु के गर्नुहुन्छ" भन्ने पत्रकारको प्रश्नको उत्तरमा आयोजक टिमले आफ्नो शान्ती पूर्ण तवरले राख्दै आएको मागमा राज्यले वेवास्ता गरे आवश्यकता हेरी शसक्त क्रँन्तीको वाटोको विकल्प हुने वताईएको थियो ।
त्यस्तै सहभागी सवैले किरातराज्यको राजधानी अरुण तारेर लिम्वुवानको धनकुटा पारिएकोमा आपत्तिजनाउदै यो हुदै नहुने कार्यप्रति रोष प्रकट गर्दै अव लिम्वुवानको राजधानी दार्जिलिङ राख्नुपर्ने भएछ कि क्या हो भन्दै व्यंग्य प्रहार गरेका थिए । त्यस्तै लिम्वुवानको तर्राईलाई किन मधेसमा पार्नेकाम गरी लिम्वुवानलाई क्षतविक्षत पारियो यसको प्रश्न आयोगलाई गरिएको थियो । राज्यपूनसंरचनाको अविकेकी कार्यले लिम्वुवानवादी संगठन मात्र होईन सवैलाई लिम्वुवान आन्दोलनप्रति लाग्न प्रेरणा गरेको जगजाहेर भएको कार्यक्रममा उपस्थित सहभागीहरुले वताएका थिए ।
"लिम्वुवानको खाका यसरी आयोगले हचुवा तालमा प्रस्तुत गर्नु र संविधानसभाले अनुमोदन गरेमा लिम्वुवानको ठूलो दुर्गती हुनाले समयमै सवैजना मिलेर संविधभानसभावाट सिंगो ९ जिल्लाहरुको लिम्वुवान कायम गर्न कटिवद्ध हुनुपर्ने महासचिव इङनामले जोडदिनुभएको थियो ।"
"चलचित्र निर्देशक मौसम इम्वुङले लिम्वुवान पहिले पनि थियो अहिले त्यही भूमि हुनुपर्नेछ । त्यही ऐतिहासिक निरन्तरताको कारण र नदीनालाले स्पस्ट सिमा दिएको तथा भौगोलिक अवस्थिती हिमाल, पहाड, मधेस भएकोले लिम्वुवान राज्यमा अन्य राज्य घुस्न असान्दर्भिक भएको वताउनुभयो । यो लिम्वुवान आज नभएमा यसको आवाज वन्द नहुने भन्दै भविष्यमा पनि उठिरहने वताउनुभयो । त्यस्तै कृषिविकास, पर्यटन,उर्जा आदिको कारण लिम्वुवान सक्षम मात्र होईन समृद्ध हुने वताउनुभयो । यही ऐतिहासिक भुगोलको लिम्वुवान नभएमा हामी जस्ता स्वतन्त्रहरु पनि लिम्वुवानको आन्दोलनमा होमिनेछौं भन्नुभयो । "
"चुम्लुङ अध्यक्ष तथा पत्रकार कृष्ण लावतीले लिम्वुवानको स्पस्ट सिमांकन हुदा हुदै लिम्वुवानलाई क्षतविक्षत वनाईएकोमा रोष प्रकट गर्दै लिम्वुवान अन्तराष्ट्रिय सिमा जोडिएको मुलुक हुनाले भविष्यमा आफै पनि सवल र सक्षम हुन सक्ने वताउनुभएको थियो ।"
"जनजाति महासंघ हङकङका भूतपूर्व अध्यक्ष तथा जनजाति पत्रकार महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङले लिम्वुवानको मुटु धनकुटालाई किरातमा पारी केन्द्र तोकेकोमा आर्श्चर्य प्रकट गर्दै यो हुदै नहुने प्रयास गरेको व्यक्त गरे । अव संविधानसभाले लिम्वुवानले चाहेको लिम्वुवान प्रदान नगरेमा ऐतिहासिक आधारमा रहेको डकुमेन्टलाई आधार मान्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय न्यायलयमा जान सकिने वताउनुभयो । यद्धपी यो अवस्थामा सवैजना एक भएर दवाव दिने, लेख रचना गरेर जानकारी गराउने तथा सवैलाई सचेत वनाउदै जानुपर्ने वताउनुभयो ।"
समापनको क्रममा अध्यक्ष दिल पालुङवा लिम्वुले सवै लिम्वुवानवादी संगठनहरु एकिकृत हुन आव्हान गर्दै तथा देश विदेशमा रहेका सवै लिम्वुवानीहरुलाई लिम्वुवानको लागि व्यत्तिगत कामलाई केही समय थांती राखेर हामीले चाहेको लिम्वुवान स्वायत्त राज्य स्थापना गर्न सवैलाई आग्रह गर्दै लिम्वुवानलाई सम्वन्धित सवैले जिस्क्याईमात्रै रहेकोमा त्यसको लागि रोष प्रकट गर्दै अझै शसक्त भै आन्दोलनको आंधीवेहरी ल्याउनुपर्ने वताएका थिए । उहाले लिम्वुवान भनेको ऐतिहासिक निरन्तरता हो । यो कुरा निरन्तर रहिरहनेछ । हामीले भनेको अरुण पूर्वको ९ जिल्लाहरु भौगोलिक सुगमतामा छन् । अरुण सप्तकोशीले र मेची नदीले क्रमश पश्चिम र पूर्वको स्पस्ट सिमाना छुट्याएको छ । उत्तरमा हिमालले र दक्षिणमा भारतले सिमाना निर्दिष्ट गरेको छ । त्यस्तै संखुवासभा तथा धनकुटाको पुरानो लिम्वुवानी सरकारी दस्तावेजहरु किरात प्रदेशमा नभई लिम्वुवानमै छन् । तर्राईको पनि मधेसमा नभएर लिम्वुवानमै छ । जातिय सघनता, भाषिक सामिप्यता, संस्कृति चालचलन समान समान छन् । तर्राईका जातिहरु पनि लिम्वुवानप्रति अनुगृहित छन् । यस्तो राम्रो सामाजिक संरचना, सदभाव र लिम्वुवानको राष्ट्रियतालाई आंच पार्ने काम राज्यपूनसंरचना आयोगले त जानी जानी गर्यो । किनकी उसलाई हामीले भर्खरै मात्र नेपाल गएर लिम्वुवान तथा लिरामोको अवधारणा प्रदान गरेका थियौं । त्यस्तै लिम्वुवानको आन्दोलनले पनि जानकारी दिईरहेको छ । यद्धपी यो आयोगवाट यस्तो काम भएतापनि अव संविधानसभावाट अरुणपर्वको ९ जिल्लाहरु समाहित भएको लिम्वुवान स्थापना गरिदिन जोडदार माग गर्नुभएको थियो । उहाले हाम्रो अभिष्ट राष्ट्रको विखण्डन नभएकोले नेपाल राष्ट्रको राष्ट्रिय हितमा सदा लिम्वुवान रहने हुनाले लिम्वुवानप्रति कोही पनि सशंकित नहुन र पूर्वाग्रहपूर्व कार्य नगर्न पनि आग्रह गर्नुभयो ।

No comments: