News

Feb 9, 2012

लिरामोको समन्वय समिती गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिम्वुवान राष्ट्रिय मोर्चा (लिरामो) को अध्यक्ष दिल पालुङवा लिम्वु,उपाध्यक्ष धनवीर सांवा र सदस्य डि.वी पालुङवाको समुपस्थितीमा काठमाण्डौमा लिरामो समन्वय समिती नेपालको गठन भएको समाचार छ । मविन लिम्वुको संयोजकत्वमा ७ सदस्यीय समन्वय समितीमा क्रमश उपसंयोजक मान लिम्वु, सचिव विकेन लिम्वु र सदस्यहरुमा पूर्ण लिम्वु, पवित्रा लिम्वु, कविता लिम्वु रहेका छन् । लिरामोको केन्द्रीय नेतृत्व पदाधिकारीहरु हङकङमा रहेकोले यो समन्वय समितीले केन्द्रीय स्तरमा समानान्तररही कार्य गर्न सक्ने विधानमा उल्लेख छ । यो समितीको गठनको साथै सात दोवाटोमा केन्द्रीय कार्यालयको पनि स्थापना गरेको छ । लिरामोको प्रवत्ता सुरेश सुव्वाको अनुसार अव लिम्वुवानको प्रतेक जिल्लाहरुमा क्रमश संगठन निर्माणको क्रम वढीरहेको छ ।प्राप्त समाचार अनुसार लिरामोले आगामी ११ फेव्रुवरी २०१२ मा राज्यपूनसंरचना आयोगले निकालेको लिम्वुवान राज्यको प्रस्तावित खाकाप्रति स्वागत र सिमाना खुम्च्याएकोमा असहमति जनाउदै लिरामोको अवधाराणाको १२ स्वायत्त राज्यहरु र शासकीय स्वरुपको सम्वन्धमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको वताएको छ ।

No comments: