News

Feb 9, 2012

प्रधानमन्त्रीद्वारा संसदमा सम्वोधन, जनसत्ता सम्बन्धी निर्णय फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २६ - प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी जनसत्ताले गरेको घरजग्गा कारोबारलाई मान्यता दिने निर्णय फिर्ता लिएको घोषणा गरेका छन् । बिहीबार संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले राम्रो नियतले नै भूमिसुधार मन्त्रालयको निर्णयलाई पारित गरे पनि विपक्षी दलको अवरोध र आशंकाका कारण फिर्ता लिएको बताए । उनले किसानका वास्तविक समस्या समाधानका लागि भने सरकार गम्भीर रहेको उल्लेख गरे । 'विगतको स्थानीय जनसत्ताले गरेका घरजग्गाका लिखतलाई रजिष्ट्रेशन पारित गर्ने र त्यस्ता लिखतको रजिष्ट्रेशन दस्तुर छुट दिने भूमिसुधार मन्त्रालयको प्रस्ताव पास भएको थियो,' प्रधानमन्त्रीले भने, 'आजका बसेको मन्त्रिपरिषद् बैठकले भने सम्मानित सर्वोच्च अदालतको फैसला र विपक्षी दलले सदन अबरुद्ध गरिरहकाले उक्त निर्णय कायम नरहने र कार्यान्वयन पनि नगर्ने निर्णय गरेको छ ।' मन्त्रिपरिषद् बैठकले किसानका समस्या समाधान गर्न एक साताभित्र आवश्यक व्यवस्था गर्ने निर्णय गरेको उनले बताए । प्रधानमन्त्रीको सम्बोधनलाई सकारात्मकरुपमा लिंदै विपक्षी दलले अबरुद्ध सदन खुलाएका छन् । उनीहरुले जनसत्ताको निर्णय फिर्ता माग गर्दै सदन अबरुद्ध गर्दै आएका थिए । कांग्रेस सचेतक लक्ष्मण घिमिरेले प्रधानमन्त्रीको सम्वोधनलाई सकारात्मक भने । प्रधानमन्त्री भट्टराईले सरकारको पछिल्लो निर्णयले विपक्षी दलहरुको आशंका निवारण गर्ने विश्वास व्यक्त गरे ।

No comments: