News

Feb 15, 2012

आज तेस्रो दिन पनि धौलागिरीमा यातायात बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बागलुङको पश्चिम बुर्तिबाङका व्यवसायीले छुट्टै नयाँ यातायात व्यवसायी समिति दर्ता गरेको विरोधमा धौलागिरीमा यातायात व्यवसायीले आव्हान गरेको बन्द आज तेस्रो दिन पनि जारी छ। त्यस क्षेत्रमा आज बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन्। सवारी साधन सञ्चालन नहुँदा यात्रुहरु सदरमुकाममै अलपत्र परेका छन्। पश्चिम बुर्तिबाङ बजार र आसपासका व्यवसायीले सदरमुकामबाट सञ्चालन हुने बस, जीप र ट्याक्सीले सेवा दिन नसकेको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङमा बुर्तिबाङ यातायात व्यवसायी समिति दर्ता गरेका थिए। जिल्ला प्रशासन कार्यालयले भने बन्द फिर्ता लिन व्यवसायीहरुलाई आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी ख्यामबहादुर थापाले कानुनी रुपमा आएको निवेदनका आधारमा समिति दर्ता भएको भन्दै गैह्रकानुनी काम गर्न व्यवसायीहरुलाई छुट नहुने र बन्द फिर्ता नलिए कार्वाही गर्ने चेतावनी दिनुभयो।

No comments: