News

Feb 14, 2012

राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अस्वीकार्यः देउवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन २ - पूर्व प्रधानमन्त्री एवं कांगे्रस वरिष्ठ नेता शेरबहादुर देउवाले उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदन आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका छन् । विभिन्न राजनीतिक दलका युवा विद्यार्थी मोर्चाद्वारा आयोजित संघीय संरचनामा एकीकृत सुदूर पश्चिम विचार गोष्ठीमा बोल्दै नेता देउवाले राज्य पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदन अखण्ड नेपाल निर्माण गर्ने नभएर विखण्डन बनाउनेतिर उन्मुख रहेको बताए । प्रतिवेदन विज्ञले बनाएको जस्तो नभई केटाकेटीले खेल जस्तो भएको उनको भनाइ थियो । 'पुनर्संरचना जस्तो विषयमा किन संवेदनशील नभएका, यो केटाकेटीको खेलाची त होइन नि, उनीहरूले तिमी यहाँ बस, ऊ त्यहाँ बस्छ भन्ने होइन नि आयोगका पदाधिकारी मालिक त होइनन् नि' उनले भने ।
आयोगको प्रतिवेदनप्रति कुनै दलका नेता सन्तुष्ट नरहेको उल्लेख गर्दै नेता देउवा मुलुकलाई टुक्रा टुक्रा पार्ने अधिकारी कसैलाई नभएको बताए ।
आफ्नो पार्टीले जातिय राज्य कुनै पनि हालतमा स्वीकार नगर्ने पनि उनको भनाइ थियो । 'आजको युगमा कसै पनि जातिय राज्य स्वीकार गर्दैन' उनले भने । आयोगका पदाधिकारीले जनताको भावना नबुझी हचुवाको भरमा प्रतिवेदन तयार गरेको उनको आरोप थियो । 'मुलुकभरका जनतालाई सोध्नुहोस्, कसैले पनि यो प्रतिवेदनलाई मान्य छैन' उनले भने । आपूर्तिमन्त्री लेखराज भट्टले अखण्ड सुदूरपश्चिमका लागि जुनसुकै त्याग गर्न पनि तयार रहेको बताए । 'समयअनुसार मैले के त्याग्न पर्छ तयार छु,' उनले भने ।
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राज्य पुनर्संरचना गर्दा सोचविचार गर्नुपर्ने बताए । लहडको भरमा राज्य पुनसर्ंरचना गरे मुलुक ठूलो दुर्घटनामा फस्ने उनको भनाइ थियो । आफ्नो पार्टीले पनि जातिय राज्यलाई मान्यता नदिने उनले बताए । एमाले नेता भीमबहादुर रावलले एनिजिओ/आईएनजिओले तयार पारेको प्रतिवेदन आफ्नो पार्टीलाई पनि मान्य नहुने बताए ।
जातिय कसैलाई पनि मान्य नहुने भन्दै नेता रावलले यदि कसैले त्यसको वकालत गर्छ भन्ने आफ्नो पार्टी सशक्त प्रतिवाद गर्ने उनको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले अहिले युगमा जातिय राज्य कसैलाई पनि स्वीकार्य नहुने बताए । आयोगले तयार पारेको राज्य पुनर्संचनाको खाका कसैलाई मान्य नहुने उनको भनाइ थियो । एमाले केन्द्रीय सदस्य कर्णबहादुर थापाले प्रतिवेदन जनताको स्वीकृतबिनाको राज्य पुनर्संरचनाको कुनै अर्थ नभएको बताए । 'जनतालाई कसैले वाइपास गरेर जान्छ भने त्यको अन्त्य टाढा छैन' उनले भने ।

No comments: