News

Feb 10, 2012

राजविराजको छुट्टाछुट्टै ठाउँमा अज्ञात समूहद्वारा आगजनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजविराज, माघ २७ सप्तरी सदरमुकाम राजविराजमा शुक्रवार बिहान एक यात्रु बाहक बस सहित दुई पसलमा आगजनी भएको छ । बिहान ३ बजेतिर राजविराजस्थित बसपार्क नजिकै राखिएको स.१ख. ३१४ नम्बरको अन्सारी ट्राभल्समा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीले बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । यता बसमा आगजनी गर्ने एकजना पक्राउ परेका छन् । आगो लगाई त्यही स्थानमा राखिएको अर्को बसमा लुकिबसेको राजविराज ४ का २४ वर्षिय रिजु भनिने अफरोज मियाँलाई बसका कर्मचारीहरुले पक्राउ गरि प्रहरीलाई बुझाएका हुन् । यस्तै राजविराज ४ स्थित बेग्ला बेग्लै दुई पसलमा पनि आगजनी गराएको छ । उमेश साहको पान पसल र राजकुमार साहको चिया पसलमा आगजनी हुँदा करिब दुई लाख बराबरको क्षति भएको छ । आगजनीबाट उमेश साहको चिया पसल पूर्ण रुपले डढेको छ भने उमेश साहको पान पसलमा सामान्य क्षति पुगेको छ । आगजनीबारे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गणेशबहादुर थापाले अनुसन्धान जारी रहेको र आगजनीमा संलग्नहरुलाई चाँडै पक्राउ गर्ने बताए ।

No comments: