News

Feb 8, 2012

कांग्रेसका सात सभासद्ले 'अखण्ड' सुदूरपश्चिम राज्य माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २५ - कांग्रेसका सात सभासद्ले 'अखण्ड' सुदूरपश्चिम राज्य माग गरेका छन् । उनीहरुले राज्य पुनर्संरचना आयोग (बहुमत)को प्रतिवेदनमा सुदूरपश्चिमका कैलाली र कन्चनपुरलाई अन्य प्रदेशमा गाभ्न सुझाव दिइएकोमा खेद व्यक्त गरेका छन् । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने कांग्रेस सभासद्हरु रमेश लेखक, देवराज जोशी, चन्द्रिराम टमटा, कल्पना सोव, ईश्वरी न्यौपाने, आरजु देउवा राणा र महा नेपालीले विज्ञप्ती जारी गरेर 'अखण्ड' सुदूरपश्चिम राज्य माग गरेका हुन् । सुदुरपश्चिमाञ्चलका नौ जिल्लाका वासिन्दा आर्थिक, सामाजिक, सांस्कृतिक, लगायत सवै दृष्टिले समान तथा एकअर्कासँग अन्तर्सम्वन्धित रहेकाले ती जिल्लालाई अलग नगर्न विज्ञप्तीमा भाग गरिएको छ । 'संघीयतामा जाँदा सुदूरपश्चिमलाई खण्डित वा विभाजन नगरी एक प्रदेश बनाउनुपर्छ,' संयुक्त विज्ञप्तीमा भनिएको छ । सुदूरपश्चिमको विखण्डनले आर्थिक सामाजिक सांस्कृतिक विकासका साथै सम्बृद्धि अबरुद्ध भई समग्रमा कमजोर हुन्छ भन्ने उनीहरुले आफ्नो मान्यता अघि सारेका छन् । 'अखण्ड' सुदूरपश्चिम राज्यको मागमा माओवादी र एमालेका त्यस क्षेत्रका नेता तथा सभासद् एक छन् ।

No comments: