News

Feb 10, 2012

अखण्ड सुदूरपश्चिम राज्य माग्दै कैलाली बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कैलाली, माघ २७- राज्य पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनको विरोध गर्दै नेविसङ्घ र तरुण दलले कैलाली बन्द गराएका छन्। अखण्ड सुदूरपश्चिम राज्यको माग गर्दै उनीहरुले बन्द गराएका हुन्। अत्तरियामा स्थानीयले अवरोध गरेपछि बजारसमेत प्रभावित बनेको छ। बन्दका कारण बिहानैदेखि यातायात ठप्प छ। यसअघि वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पनि यही माग गर्दै बन्द गराएका थिए। प्रधान मन्त्रीले बन्द फिर्ता गर्न आग्रह गरेपछि मन्त्री भट्ट‍ले बन्द फिर्ता लिएका थिए।

No comments: