News

Feb 9, 2012

माओवादीमा फेरि तीव्र विवाद, प्रधान मन्त्रीको राजीनामा माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २६,माओवादी स्थायी समिति बैठक आपसी विवादका कारण चलेको केही समयमै सकिएको छ। 'जनसत्ता' ले गरेका निर्णयलाई मान्यता दिन सरकारले गरेको निर्णय कार्यान्वयन नगर्ने भनेपछि बैठकमा सहभागी वैद्य पक्षले तीव्र विरोध जनाएको थियो। यही विषयलाई लिएर उसले प्रधान मन्त्रीको राजीनामासमेत माग गरेको छ। बुधबारमात्र गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठकमा प्रधान मन्त्रीले दिएको आश्वासनअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जनसत्ताको कागजातलाई मान्यता दिन गरिएको निर्णय फिर्ता लिने निर्णय गरेको थियो। यही विषयलाई लिएर एमाले-कङ्ग्रेसलगायतका दलले संसदसमेत चल्न नदिएपछि प्रधान मन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले अन्य दलका नेताबीच यो निर्णय फिर्ता लिने प्रतिबद्धता व्यक्त गर्नुपरेको थियो।

No comments: