News

Feb 14, 2012

अफगानमा पक्राउ नेपालीको उद्धार थाल्न निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन २,अफगानिस्तानमा पक्राउ परेका २१ नेपाली कामदारको स्थिति बुझेर उद्धार सुरु गर्न परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ। नक्कली राहदानी र भिसा प्रयोग गरेको आरोपमा शनिबार अफगान प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। एकै घरबाट २१ नेपाली, २५ जना भारतीय र १५ जना श्रीलंकाली पक्राउ परेका थिए। अफगानिस्तान हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले उनीहरुको अवस्था बुझ्ने प्रक्रिया सुरु गरेको परराष्ट्रले जनाएको छ। अफगानले पक्राउ पर्ने सबैलाई नेपाली दलालले विभिन्न देशमा रोजगारी लगाइदिने प्रलोभन देखाई त्यहाँ पुर्‍याएको बताएको छ।

No comments: