News

Feb 10, 2012

माओवादी स्थायी समिति बैठकमा प्रधानमन्त्रीको राजीनामा माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादीको आज बसेको स्थायी समितिको बैठकमा समेत प्रधानमन्त्रीको राजीनामा माग गरिएको छ । हिजोको बैठकमा समेत मोहन वैद्य पक्षले प्रधानमन्त्रीको राजीनामाको माग गरेको थियो । पार्टीमा मोहन वैद्य पक्षधरले मन्त्रिपरिषद्ले जनसत्ताका विषयमा गरेको निर्णय फिर्ता लिएको भन्दै प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आएको छ । जनसत्ताका विषयमा भएको निर्णय जस्तै जे निर्णय गर्यो त्यही फिर्ता लिर्दै हिड्नुभन्दा राजनीनामा दिनु ठिक भन्दै स्थायी समिति बैठकमा वैद्य पक्षले राजीनामा माग गरेको हो । त्यस्तै आजको बैठकमा माओवादी भातृ संगठन वाईसीएलको मागलाई चाँडै सम्बोधन गर्ने निर्णय समेत भएको बताइएको छ । आजको बैठकमा समेत वैद्य पक्षले प्रधानमन्त्रीको राजीनामाको माग गरेपछि भोली पुन बस्ने गरी आजको बैठक सकिएको छ ।

No comments: