News

Feb 9, 2012

मालदिभ्सका पूर्व राष्ट्रपतिविरुद्ध पक्राउ आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोलम्बो, माघ २६ (एजेन्सी)- मालदिभ्सका फौजदारी अदालतले निस्कासित राष्ट्रपति मोहम्मद नसिद र उनका पूर्वरक्षा मन्त्रीविरुद्ध पक्राउ आदेश जारी गरेको छ। तर उनीहरूमाथि लगाइएको आरोप भने स्पष्ट नभएको नसिदको मालदिभियन डेमोक्रेटिक पार्टी (एमडिपी)का एक अधिकारीले बताए। 'उनी र उनका पूर्व रक्षा मन्त्रीविरुद्ध पक्राउ आदेश जारी गरिएको छ।' एमडिपी अधिकारी एडम मानिकले भने, 'आरोपबारे भने हामीलाई केही थाहा छैन।' प्रहरी तथा सुरक्षाकर्मी नसिदलाई पक्राउ गर्ने तयारीमा छन्। यसअघि नसिदले आफूलाई बन्दुकको बलमा पदबाट हटाइएको बताएका थिए।

No comments: