News

Feb 14, 2012

ह्विटनी हुस्टनको मृत्यु बाथटबमा डुबेर भएको हुनसक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लस एन्जलस, माघ २९ (एजेन्सी)-बेभर्ली हिल्टन होटलको चौथो तल्लामा रहेको कोठामा मृत अवस्थामा फेला परेकी अमेरिकी गायिका तथा नायिका ह्विटनी हुस्टनको मृत्युको कारण आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन। तर टिएमजेडले बाथटबमा डुबेर ४८ वर्षकी ह्विटनीको मृत्यु भएको हुनसक्ने संभावना व्यक्त गरेको छ। टिएमजेडका अनुसार होटलको कोठामा कुनै गैरकानुनी लागू पदार्थ भेटिएको छैन। त्यहाँ प्रेस्क्रिप्सन अनुसारका केही औषधी भने भेटिएको छ। ह्विटनीको शवलाई पोस्टमार्टमका लागि अस्पताल लगिएको छ। गोल्डन गर्लको उपमा पाएकी ह्विटनी ८० को दशकको बीचदेखि ९० को दशकको अन्त्यसम्ममा विश्वको सबैभन्दा बढी एल्बम बिक्ने कलाकारमध्येकी एक थिइन्। संगीतको सफलताले उनलाई अभिनयतर्फ पनि डोर्‍याएको थियो। द बडिगार्ड र वेटिङ टु एक्सहेल उनका हिट फिल्म थिए।

No comments: