News

Feb 15, 2012

पूर्वमा भूकम्पको झड्का महशुस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुण ३ - ताप्लेजुङमा गए राति ७ मिनेटको अन्तरमा दुई पटक भुकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भुकम्प मापन केन्द्रका प्राविधिक अधिकृत उमेशप्रसाद गौतमले बेलुकी ७ बजेर २६ मिनेटमा पहिलो पटक ४ दशमलब ५ रेक्टर स्केलको तथा त्यसको ७ मिनेट पछि ७ बजेर ३३ मिनेटमा फेरि सोहि रेक्टर स्कलकै भुकम्प गएको बताए। उनका अनुसार राष्ट्रिय भुकम्प मापन केन्द्रमा यी दुबै भुकम्पको रेकर्ड भएको छ। गौतमले ताप्लेजुङ सदरमुकाम भन्दा ४६ किलो मिटर टाढा पाँचथर र ताप्लेजुङ्गको सीमा क्षेत्र तथा भारतको सिक्किम नजिक यसको केन्द्र बिन्दु रहेको बताए। यसअघि पटक पटक गएका भुकम्पको केन्द्र बिन्दु उपल्लो ताप्लेजुङ तथा कञ्चनजंघा हिमाल नजिक रहेको बताइँदै आएको थियो। २०६८ साल असोज १ गते गएको भुकम्पको केन्द्र बिन्दु पनि सोही स्थानमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टी गरिसकेको छ। यसैबीच जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गका प्रमुख केदार ढकालले भुकम्पको धक्का जिल्लाका खेवाङ्ग, सुरुम्खिम, मेहेले, कालीखोला, तथा पाँचथरको फलैंचासम्म महशुस गरिएको भएपनि क्षति बारे हाल सम्म जानकारी प्राप्त नभएको बताए।
प्रतिक्रियाहरू (0)

No comments: