News

Feb 10, 2012

सुनसरीमा कुखुराको मासु विक्री-वितरणमा रोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, माघ २७- सुनसरीको इटहरी र खनारका दुईवटा पोल्ट्री फर्ममा बर्डफ्लु भेटिएपछि जिल्लाभर कुखुराको मासु बिक्री-वितरणमा रोक लगाइएको छ। बर्डफ्लु पाइएका पोल्ट्री फर्म निसंक्रमण गर्ने कार्य सकिएपछि जिल्लाभर भोलि शनिबार सम्मका लागि मासु बिक्री-वितरणमा रोक लगाइएको हो। कुखुराको अण्डा र चल्ला विक्री-वितरणमा पनि रोक लगाइएको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्लास्तरीय बर्डफ्लु नियन्त्रण समितिले मासु विक्री-वितरणमा रोक लगाएको जिल्ला पशु कार्यालय सुनसरीका प्रमुख डाक्टर मोहीनारायण चौधरीले बताए। बर्डफ्लु संक्रमित भएको खोरमा समेत निसंक्रमण गरेपनि अन्य अन्य फर्मका कुखुरामा समस्या देखिएपछि मासु बिक्री-वितरणमा रोक लगाएको जानकारी प्रशासनले दिएको छ।
शुक्रबार माइकिङ् गरी कुखुराको मासु बिक्री वितरण नगर्न सर्वसाधारणलाई सचेत गरिएको छ। पिकेको एउटा फर्म र पाथीभारामा निसंक्रमण गरेर शिल्ड गरे पनि पिकेको अरु फर्ममा समेत कुखुरा मर्ने समस्या देखिन थालेको छ। 'पिके फर्ममा फेरि कुखुरा मर्न थालेका छन प्राविधीक टोलीले त्यहाका थप कुखुराका पनि परीक्षणका लागि नमूना लिइसकेको छ,' क्षेत्रीय पशु रोग तथा अन्वेषण कार्यालय बिराटनगरका प्रमुख डाक्टर बोलराज आचार्यले भने।

No comments: