News

Feb 13, 2012

खुल्लामञ्चमा जनयुद्ध दिवस दाहाल, वैद्य र पुनको सम्बोधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादीले काठमाडौँको खुल्ला मञ्चमा ‘जनयुद्ध’ दिवसका क्रममा आमसभा गरेको छ । आमसभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष मोहन वैद्य, माओवादी नेता एवम् नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले सम्बोधन गरेका छन् । यसरी सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले भने ‘माओवादी पार्टी अन्य पार्टी भन्दा फरक भएको त्यसैले प्रतिक्रियावादीका विरुद्ध चट्टान बनेर देशको नेतृत्व गर्न सक्छ । माओवादी कमजोर हुन्छ भन्ने सपना प्रतिक्रियावादीले देखेका थिए तर केन्द्रीय समितिको बैठकबाट हामी एक भएर आयौँ । भन्दै दाहालले भने ‘हामी अलि भिन्न जातिका मान्छे हौँ ?’ त्यस्तै प्रचण्डले भने ‘पार्टीको कार्यभार भनेको संविधान र शान्ति प्रक्रियालाई इमान्दाररिताका साथ निष्कर्षमा प्र्याउँनु हो पुर्र्याउछौँ ।’
सम्बोधनकै क्रममा प्रचण्डले ‘संविधान निर्माण प्रक्रिया झन्डै अन्तिममा पुगेको छ त्यो कसैले पुर्र्याएको होइन माओवादीले नै हो ।’ भने । हामी शान्ति र संविधानको निम्ति गम्भिर ढङगले लागेका छौँ भन्दै दाहालले भने २०६७ सालको संविधान जस्तै संविधान आयो भने तपाईंहरु विद्रोहका लागि तायर रहनुहोस् । भनेर समेत उपस्थित कार्यकर्तालाई हौसाए । त्यस्तै दाहालले अन्य दललाई थर्काउने शैलीमा भने ‘माओवादीको विचारलाई अपमानित गर्न खोजियो भने शान्ति र संविधान आउँने छैन ।’
त्यस्तै कार्यक्रममा माओवादी उपाध्यक्ष मोहन वैद्यले जनसत्ता नआएसम्म माओवादीको आन्दोलन जारी रहने बताउँदै भने ‘हाम्रो पार्टी नेपाली सर्वहाराहरुको पार्टी हो । हामी बहस गछौँ । अरु पार्टी फुट्यो भन्छन् तर कम्युनिष्ट पार्टी भनेकै बहस र संघर्ष हुने पार्टी हो । यसको झन्डा कहिल्यै झुक्दैन ।’
त्यस्तै आमसभालाई सम्बोधन गर्दै माओवादी नेता एवम् अर्थमन्त्री वर्षमान पुनले पार्टीको एकताको लागि मन्त्री पदसमेत छोड्न तयार रहेको बताएका छन् । सम्बोधनका क्रममा भने ‘पार्टी एकता हुनु पर्छ । म पार्टी एकताका लागि पदबाट बाहिरिनुपर्छ भने म तयार छु ।’ पुनले सम्बोधनका क्रममा माओवादीले १७ वर्ष अघि जे सोचका साथ जनयुद्धमा अगाडि बढेको थियो अहिले समेत त्यही बाटो लिनु आवश्यक भएको समेत बताएका छन् । माओवादीले संघर्ष सुरु गरेको दिनको सम्झनामा काठमाडौँ, पोखरा, विराटनगर, बुटवल, महेन्द्रनगर, धनगढी दाङ लगायत देशभरका विभिन्न सहरमा जुलुस सहित आमसभा आज तामझामका साथ सम्पन्न भएका छन् ।

No comments: