News

Feb 13, 2012

तीन पूर्व आईजीपी र दुई ठेकेदारलाई दुई/दुई वर्ष जेल,६९ करोड जरिवाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १ - सुडान घोटालाका अभियुक्ताहरूमध्ये तीन जना पूर्व आईजीपी र दुई ठकेदारलाई २/२ वर्षको कैदा तथा जरिवाना गरेको छ । पूर्व आईजीपीहरू ओम विक्रम राणालाई दुई वर्ष कैदका साथै १७ करोड जरिवाना, हेमबहादुर गुरुङलाई दुई वर्ष कैद र ६ करोड जरिवानाका साथै रमेश चन्दलाई २ वर्ष कैद र ४ करोड जरिवानाको फैसाला सोमबार विशेष अदालतले गरेको हो । नेपालको इतिहासमै सबै भन्दा ठूलो घोटलाको रूपमा रहेको सुडान घोटलाका अभियुक्तहरू बेलायती नागरिक माइकल राडरलाई २ वर्ष कैद र २८ करोड जरिवाना तथा उनको नेपाली साझेदार शम्भू भारतीलाई २ वर्ष कैद र १४ करोड रुपैयाँ जरिवानाको फैसाल गरेको छ । अन्य ३१ अभियुक्त प्रहरी अधिकारीलाई भने विशेष अदालतले सफाइ दिएको छ । सफाइ पाएका प्रहरी अधिकृतहरूले अदालत परिसरमै हर्ष मनाएका थिए । राष्ट्र संघीय मिसनका लागि सुडानमा खटिएका प्रहरीका लागि किनिएका एपीसीलगायतका बन्दो बस्ती सामग्रीमा उनीहरूले घोटला गरेको ठहर गर्दै विशेष अदालतले उक्त फैसला गरेको हो ।

No comments: