News

Feb 14, 2012

अनिश्चितकालिन धौलागिरी अञ्चल बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बागलुङ जिल्लाको पश्चिम बुर्तिबाङमा नयाँ यातायात व्यवसायी समिति दर्ता भएको विरोधमा बागलुङका यातायात व्यवसायीहरुले अनिश्चितकालिन धौलागिरी अञ्चल बन्दको आव्हान गरेका छन् । धौलागिरी अञ्चल यातायात बस व्यवसायी, जीपव्यवसायी र ट्याक्सी व्यवसायी समिति बागलुङले नयाँ समिति दर्ताको विरोधमा आजदेखि अनिश्चितकालीन धौलागिरी अञ्चलमा यातायात बन्दको आव्हान गरेका हुन । पश्चिम बुर्तिबाङ बजार र त्यस आसपासमा सदरमुकामबाट सञ्चालन हुने बस, जीप र ट्याक्सीले सेवा दिन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा बुर्तिबाङ यातायात व्यवसायी समिति दर्ता भएको थियो । हिजो नयाँ समिति दर्ता भएपछि यातायात व्यवसायीहरुले आज अञ्चलमा यातायात बन्दको आव्हन गरेका हुन । आकस्मिक रुपमा गरिएको यातायात बन्दका कारण धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दीबाट बिभिन्न स्थानमा जाने यात्रुहरु सदरमुकाममै अलपत्र परेका छन् ।

No comments: