News

Feb 13, 2012

गणतान्त्रिकका सभासदद्वारा गृहयुद्धको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका सभासद चन्द्रिका प्रसाद यादवले गृहयुद्ध सुरु भइसकेको घोषणा गरेका छन् । आज संसदमा बोल्दै मुख्य सचेतक समेत रहेका चन्द्रिकाप्रसादले सभामुखसँग विशेष समय मागरेर बोल्दै भने ‘गृहयुद्ध संसदबाटै सुरु भइसकेको छ, यो संसदबाहिर गयो भने भयङकर परिणाम निस्कने छ । संसदमा नेपाली कांग्रेस र एमालेका सभासदले सञ्चारमन्त्री जयप्रकाश गुप्ताको राजीनामा माग गरेपछि यादवले संसदबाटै गृहयुद्ध सुरु भएको बताएका हुन । संसदमा कांग्रेस र एमालेले सञ्चारमन्त्रीले तराईलाई अलग गर्ने भनेर दिएको धम्कीको विरोधमा मन्त्रीको राजीनामा मागेका थिए ।

No comments: