News

Feb 9, 2012

गुप्तालाई १७ वर्ष कैद, सजाय, बिगो ८५ लाख जरिवाना माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अपहरणको आरोपमा २५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान पछि आज पूर्व मन्त्री एवम् सभासद् श्यामसुन्दर गुप्ताको नाममा मुद्धा दर्ता भएको छ । पूर्व मन्त्री तथा सभासद् गुप्ताविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्धा दायर भएको हो । गुप्ता विरुद्ध भएको दायर मुद्धामा गुप्तालाई १७ वर्ष कैद, सजाय, अपहरण मुद्धामा बिगो ८५ लाख र सोही बमोजिम जरिवाना माग गरिएको छ । व्यापारी पवन संघाईको अपहरण गरेको अभियोगमा गुप्तालाई प्रहरीले माघ दुई गते पक्राउ गरेको थियो ।

No comments: