News

Mar 16, 2012

भूमिगत सङ्गठनको आह्वानमा सुदूरपश्चिम ठप्पै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ३- अखण्ड सुदूरपश्चिमको माग गर्दै एक भूमिगत सङ्गठनले शुक्रबार सुदूरपश्चिमका नौ वटै जिल्ला बन्द आह्वान गरेको छ। बन्दका कारण जनजीवन प्रभावित बनेको छ। संयुक्त लोकतान्त्रिक परिवेश नामक भूमिगत सङ्गठनले बन्द आह्वान गरेको हो।उक्त सङ्गठनले आज आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा बन्द आह्वान गरेको हो। शिक्षण संस्था भने बन्द छैनन्। उक्त सङ्गठनका अध्यक्ष गणेश वमले विज्ञप्ति जारी गर्दै कञ्चनपुर र कैलालीलाई सुदूरपश्चिमबाट अलग्याउन नहुने, सरकारी समाचारपत्र 'गोरखापत्र' मा डोटेली भाषालाई समेत समेट्नुपर्नेलगायतका माग राखेका छन्। 'अन्य भाषालाई जस्तै डोटेली भाषालाई समेत मान्यता दिइनुपर्छ'- विज्ञप्तीमा भनिएको छ। मागप्रति सुनुवाई नभए एक साताभित्रै अनिश्चितकालीन बन्द घोषणा गर्ने बमले चेतावनी दिएका छन्।बन्दका कारण महेन्द्रनगरबाट चल्ने लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चलेका छैनन्। भारतबाट मजदुरी गरी फर्केका तथा जाने तयारीमा रहेका सर्वसाधारण महेन्द्रनगरमै अलपत्र परेका छन्। देशभर सङ्घीयताको चर्चा चलिरहेका बेला सुदूरपश्चिममा भने विभिन्न सङ्गठनहरुले अखण्ड सुदूरपश्चिमको आवाज उठाउँदै आएका छन्। 'सङ्घीयता बनाउ या नबनाउ तर सुदूरपश्चिम नटुक्र्याउ'- सबैको एउटै माग छ।

No comments: