News

Mar 17, 2012

हस्ताक्षर अभियान गोर्खा आन्दोलनको हितमा - पिटर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गोर्खा आन्दोलनका अगुवा पिटर क्यारोलले युनाइटेड ब्रिटिश गोर्खा भुतपुर्व सैनिक संघ (युबिजीइए)को हस्ताक्षर अभियान गोर्खा आन्दोलनको हितमा भएको बताएका छन । नेपाल भुतपुर्व सैनिक संघ नेसा युकेका प्रतिनिधीसंग शुक्रबार फोक्स्टनस्थित आफ्नै निवासमा कुरा गर्दै क्यारोलले हस्ताक्षर अभियान मार्फत बेलायती संसदमा कुरा पुर्‍याउन गोर्खाहरुलाई सुझाव दिएका हुन । सबै गोर्खाहरु मिलेर हस्ताक्षर अभियान अघि बढाउनुस यसैमा तपाईहरु सफल हुनुहुनेछ, सहभागिहरुलाई ईंगित गर्दै क्यारोलले थपे कानुनी लडाईले गोर्खा अधिकार प्राप्त गर्नुको साटो अझै दलदलमा फस्नसक्छ । उनले ठाउं ठाउंमा आगो फुक्नुको सट्टा एकै ठाउंमा आगो दन्काउन समेत उनीहरुलाई सुझाए । झुण्ड झुण्ड रुपमा गरेको आन्दोलनले खासै सफलता हासील गर्न कठिन हुने बताउंदै उनले आन्दोलनलाई एक भएर अघि बढाउन आग्रह गरे । माग सम्बोधन गराउनमात्र भएपनि गोर्खाहरु एक हुनुपर्ने उनको भनाई थियो । दुबै भेटमा अध्यक्ष केश बहादुर गुरुङ उपाध्यक्षद्धय भोज प्रसाद गुरुङ र भिम राई, महासचिव दिल जीसी, सहसचिव तेज राई, सल्लाहकारद्धय धन गुरुङ र तर्कजंग गुरुङ, एवं सदस्यहरु कृष्ण आले, भक्त गुरुङ, सन्त गुरुङ, विष्णु आले लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन फोक्स्टनका पुर्व काउन्सीलर एवं नेसा युकेका सल्लाहकार धन गुरुङले गरेका थिए । नेपाल भुतपुर्व सैनिक संघ नेपालको बेलायत शाखा नेसा युके बेलायत सुहाउंदो ‘ब्रिटिश गोर्खा नेपाल भुतपुर्व सैनिक संघ’ नामाकरण गर्ने प्रकृयामा रहेको छ ।

No comments: