News

Mar 10, 2012

कांग्रेस सभासद् आचार्यसहित ११ पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन २७ - उपत्यकाको सडक विस्तार अभियानमा अवरोध गरेको भन्दै प्रहरीले कांग्रेस सभासद् नरहरि आचार्यसहित ११ जनालाई पक्राउ गरेको छ । गैरिधारामा काठमाडौं महानगरपालिका र ट्राफिकले सडक मिचेर बनाएका घर भत्काउने कार्यक्रम थियो । जबरजस्ती घर भएको विषयमा छलफल चलिरहँदा पक्राउ परेको आचार्यको दाबी छ । प्रहरीले शनिबार बिहानै सडक विस्तार अभियानको विरोध गर्नेबारे छलफल गरिरहेकाबेला आचार्यसहित कांग्रेस नेता बलबहादुर केसी, एमाले निकट युवा सङ्घका केन्द्रीय सदस्य रमेश पौडेलसहित ११ जनालाई पक्राउ गरेको हो । पक्राउ गरेकालाई अनामनगरस्थित महानगरीय प्रहरी वृत्तमा राखिएको छ । सभासद् आचार्यले आफूहरुले घर भत्काएको ठाउँमै गएर अवरोध नगरेको दाबी गरे । उनले आफूसहित ११ जनालाई गैरकानुनी गिरफ्तार गरेको ईकान्तिपुरलाई बताए । 'व्यक्तिको सम्पत्ति राज्यले जबरजस्ती गरेको छ,' सडक विस्तारबारे संसद्‍मै विरोध गर्दै आएका आचार्यले भने, 'अब व्यक्तिको सम्पत्ति कसको हुने प्रश्न उठेको छ ।'यसैबीच गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुले रिहा हुन मानेका छैनन् । प्रहरीले घर घर पुर्‍याउने बताए पनि 'आफूहरुलाई के कारणले पक्राउ गरेको हो स्पष्ट पार्नू' भन्ने उनीहरुको अडान छ ।

No comments: