News

Mar 19, 2012

मातेका राज्यमन्त्रीद्वारा अस्पतालमा दुर्व्यवहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र ६ - स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले आइतबार राति रक्सी पिएर वीर अस्पतालको आकस्मिक कक्षमा पुगी चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारहरूलाई अभद्र व्यवहार गरेका छन् । अस्पतालमा अभद्र व्यवहार गर्दै करिब एक घन्टा बिताएपछि राज्यमन्त्रीलाई जनसेवा प्रहरीको समूहले पछाडिको गेटबाट सुटुक्क बाहिर निकालेको थियो । आकस्मिक विभागका चिकित्साकर्मीहरूका अनुसार राज्यमन्त्रीसँगै आएका उनका अंगरक्षकले समेत रक्सी पिएका थिए । 'उपकुलपति र निर्देशकलाई १५ मिनेटमा हाजिर गर, नत्र भोलि लात्तीले हानेर निकाल्छु भने राज्यमन्त्रीले,' इमर्जेन्सीमा कार्यरत एक चिकित्सकले राति ९ बजेर २० मिनेटमा कान्तिपुरसँग भने, 'उनी करिब ८ बजेर २५ मिनेटमा यहाँ आए, मुख गनाइरहेको थियो, जँड्याहा जस्तै बोली लरबराइरहेको थियो ।' अस्पतालमा रहेका बिरामीका आफन्त र कुरुवाहरूले राज्यमन्त्री रक्सी खाएर आएको हुनाले उनको मापसे जाँच गर्नुपर्ने आवाज उठाउन थालेपछि उनी लुसुक्क पछाडिको बाटोबाट प्रहरीको सहयोगमा निस्किएका थिए । बाहिर निस्किएलगत्तै उनी आफ्नो गाडीमा अस्पताल परिसर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताए ।

No comments: