लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वेपत्ताहरुको अवस्था पत्ता लगाउन दलहरु गम्भीर नभएको निस्कर्ष सहित वेपत्ता परिवारका आफन्त आजदेखी आन्दोलनमा सुरु गरेको छ । वेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्न माग गर्दै राज्यद्वारा वेपत्ता योद्धा परिवार समाजले आन्दोलन गर्ने भएको छ । तत्काल अवस्था सार्वजनिक गर्न माग गर्दै समाजले एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका पार्टी कार्यालयमा घेराऊ, धर्ना, जुलस लगायतका पहिलो चरणका आन्दोलन थाल्ने समाजका अध्यक्ष एकराज भण्डारीले बताउनु भयो । समाजले वेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्नुपर्ने, वेपत्ता पार्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने, दोषीलाई मिलापत्र गरेर उन्मुक्ति दिन नहुने आयोगगठन गर्नुपर्ने लगायतका माग राखेको छ । भण्डारीका अनुसार दिउँसो एक बजे समाजले पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गर्नेछ ।
No comments:
Post a Comment