News

Mar 10, 2012

४७ सूत्रीय माग राख्दै शिक्षकहरुद्वारा आम हडताल घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विभिन्न ४७ सूत्रीय माग राख्दै आन्दोलनरत शिक्षकले यही फागुन २८ गतेबाट आम शैक्षिक हडताल गर्ने घोषणा गरेका छन् । आन्दोलनका क्रममा विद्यालयको वार्षिक परीक्षा स्थगित हुने र एसएलसी परीक्षामा पनि शिक्षक सामेल नहुने सुनसरीका शिक्षकले निर्णय गरेका छन् । संयुक्त शैक्षिक आन्दोलन समिति सुनसरीको आयोजनामा इटहरीमा धरान, इटहरी र दुहवी स्रोत केन्द्रका विद्यालयमा आबद्ध प्रधानाध्यापकसँगको अन्तक्र्रियापछि शिक्षकले यस्तो घोषणा गरेका हुन् । विद्यालयका कर्मचारीलाई दरबन्दीको व्यवस्था गर्नुपर्ने, अस्थायी, राहत, बाल सहजकर्तालाई स्थायी गर्नुपर्ने, विद्यालयहरुमा समयमै पाठ्यपुस्तक उपलब्ध हुनुपर्नेलगायत माग राख्दै शिक्षक लामो समयदेखि आन्दोलनरत छन् । अन्तक्र्रियामा सहभागी नेपाल शिक्षक युनियनका राष्ट्रिय समिति सदस्य दामोदर दाहालले शिक्षक समाजको जिम्मेवार व्यक्ति भएकाले संयमित भएर आन्दोलन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्गठनका सुनसरी अध्यक्ष केशव सुवेदी, नेपाल शिक्षक युनियनका सुनसरी अध्यक्ष गोविन्द मिश्रलगायतको सहभागिता रहेको थियो ।

No comments: