News

Mar 16, 2012

चोरी आरोपमा याहुद्वारा फेसबुकविरुद्ध मुद्दा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्यालिफोर्निया (एजेन्सी), चैत्र ३ - वेब प्रविधिमा प्रयोग भएको १० बौद्धिक सम्पत्ति चोरी गरेको भन्दै याहुले फेसबुक विरुद्ध मुद्दा हालेको छ । सामाजिक सञ्जाल फेसबुकले अर्को कम्पनीको निजी बौद्धिक सम्पत्तिको प्रयोग वेब प्रविधिमा प्रयोग गरेको आरोप याहुको मुद्दामा छ ।क्यालिफोर्नियाको सानजोसेस्थित जिल्ला अदालतमा मुद्दा दायर गर्दै याहुले फेसबुकले जानाजान बौद्धिक सम्पत्तिको अधिकार बेवास्ता गर्दै चोरी गरेको जनाएको छ । सन् १९९९ देखि २०१० मा लिएको कभर एडभरटाइजिङ, प्राइभेसी, कस्टमाइजेनस, सोसियल नेटवर्किङ र म्यासेजिङमा याहुको स्वामित्व भएको उसले जनाएको छ । तर फेसबुकले कुनै अनुमति बिना त्यसलाई चोरी गरेको मुद्दामा उल्लेख छ । याहुले फेसबुकलाई गत महिना चोरी गरेको भन्दै अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएको थियो । विश्वका ठूला आइटी कम्पनी रहेको सिलिकन भ्यालीका लागि पेटेन्ट युद्ध नौलो हैन । यसअघि धेरै स्मार्टफोन कम्पनीबीच यसबारे धेरै विवाद हुने गरेको थियो । बौद्धिक सम्पत्ति चोरीकै कारण गत वर्ष गुगलले १२ अर्ब ५० करोड डलर मोटोरोलालाई बुझाएको थियो । तर सामाजिक सञ्जालका साइटको क्षेत्रमा भने यसअघि यस्तो विवाद सार्वजनिक भएको थिएन । याहुको मुद्दामा फेसबुकका सहसंस्थापक मार्क जुकेरबर्गको विरुद्धमा पनि लेखिएको छ । मुद्दामा याहुले जुकेरबर्गको फेसबुक कुनै महान् काम नभएको भन्दै यो पहिलाका व्यक्तिले गरेको अनुसन्धानबाट बनाइएको बताएको छ । याहुको बजार हिस्सा बिस्तारै घटिरहेको बेला यस्तो समाचार सार्वजनिक भएको छ । याहुले दुई महिनाअघि मात्र नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।

No comments: