लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन २८ - नेपाली सेनाले निर्माण गर्दै गरेको फाष्ट ट्र्याक निर्माणमा छानविन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले स्थालगत अध्ययन गर्ने निर्णय गरेको छ । निर्माण कार्यमा अनियमितता भएको आशंका गरिएपछि समितिले उपसमिति गठन गरेको थियो । उपसमितिले भूमी सुधार, बन, रक्षा, महालेखा परिक्षकको कार्यालय, भौतिक योजना तथा निर्माण मन्त्रालय र नेपाली सेनाका अधिकारीलाई अगामी साता छलफलका लागि बोलाउने समेत निर्णय गरेको छ । उपसमितिका संयोजक रविन्द्र अधिकारीले सेनाले दिएको फाष्ट ट्र्याकमा पर्ने रुखहरुको कटानीको विवरण विभिन्न निकायहरुमा फरक परेकाले छलफलको लागि बोलाएको बताए । त्यसैगरी सेनाले गरेका कामको लेखा परिक्षण कसरी गरिएको रहेछ भन्ने सम्बन्धमा छलफल गर्नका लागि महालेखा परिक्षकलाई पनि छलफलमा बोलाएको हो । साथै अधिकारीले फाष्ट ट्र्याक निर्माण सम्बन्धमा छानविन सुरु गरिएपनि काम भने नरोकेको स्पष्ट पारेको छ । तर, नेपाली सेनाले यसअघि नै सेनाले गरेको काममा छानविन सुरु भएको अबस्थामा काम रोकिएको उल्लेख गरेको थियो ।
No comments:
Post a Comment