News

Mar 12, 2012

काठमाडौंका नीजि पेट्रोल पम्प बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहमति कार्यान्वयन नभएको भन्दै पेट्रोल पम्पमा काम गर्ने मजदूरहरुले काठमाडौंका नीजि पेट्रोल पम्प बन्द गराएका छन् । माओवादी निकट अखिल नेपाल पेट्रोलीयम मजदूर संघको अगुवाईमा हिजो पनि पम्पहरु बन्द भएका थिए । यसले गर्दा काठमाडौंमा रहेका सेना, प्रहरी र साझाको पम्पमा पेट्रोल भर्नेहरुको लाम छ । यस अघि भएका सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएर सरकारले तोकेको तलव सुविधा दिन राजी हुने पम्पहरु खोलिने संघले जनाएको छ । केही पम्पका व्यवस्थापकले आफूहरु सहमति कार्यान्वयन गर्न राजी भएको बताएकोले हिजोको तुलनामा आज केही नीजि पम्पहरु खोल्न सक्ने संघका अध्यक्ष शिवप्रसाद पोखरेलले बताउनु भयो । सेवा सुविधाको बारेमा मजदूर र ब्यवायीविच बिसं २०६६ साल मंसिर १७ गते सहमति भएको थियो । मजदूरको न्यूनतम तलव, बिसं २०६७ सा चैत १ गते सरकारले तोकेको आधरमा ६ हजार दुई सय हुनुपर्ने, दुई लाख ५० हजार रुपैंया बरारको दुर्घटना विमा र ५० हजार रुपैंया बराबरको औषधि उपचार विमा हुनु पर्ने, सञ्चयकोष, पोशाक भत्ता दिने लगायतका सहमति भएको थियो । काठमाडौंमा मात्रै एक हजार दुई सय जना पेट्रोल पम्पमा काम गर्ने मजदूर छन् । देशभरी १० हजारको हाराहारीमा रहेको संघले जनाएको छ ।

No comments: