लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनतान्त्रिक तराई मधेश मुक्ती मोर्चाले दाङमा एक बस व्यवसायीको घरमा प्रेसरकुकर बम विष्फोट गराएको छ। तुलसीपुर नगरपालिका टिकरीका प्रेमबहादुर डांगीको घरमा गएराती बम विष्फोट गराइएको हो। विष्फोटबाट डांगीको घरमा सामान्य क्षति पुगेको छ। डांगीले चन्दा नदिएका कारण मोर्चाले विष्फोट गराएको हुनसक्ने प्रहरीले बताएको छ। यसअघि पनि मोर्चाले दाङका आधा दर्जन ठाउंमा बम विष्फोट गराइसकेको छ।
No comments:
Post a Comment