News

Mar 17, 2012

राजेशको स्वरमा पहिलो लिम्बु भाषाको एल्वम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/सन्तोष काफ्ले
धरान, नेपालका चर्चित गायक राजेशपायल राईले क्रिर्यसन रेकर्डिङ स्टुडियोमा लिम्बु भाषाको एकै पटक आठवटा गीतहरु रेकर्ड गरेका छन्। आसेवारो (मेरो नमस्कार) नाम दिएको एल्बममा आठवटा गीतहरु समावेश छन्। गीतकार नविन थेवे, यासेली योङहाङ, लोकेन साँबा, संगीतकार अशोक राई, ओम प्रकाश राई, खेमराज गुरुङको संगीत रहेको लिम्बु भाषाको गीतमा राईले पहिलो पटक स्वर दिएका हुन्।एल्बमका लागि उनले आफ्नो चर्चित गीत ‘शिरै फूल शिरबन्दी’ लाई पनि लिम्बु भाषामा रेकर्ड गराएका राईले भने ‘कलाकार कुनै सीमा वा भाषाभित्र मात्र सीमति हुनुहँदैन, हरेक गीत गाउन सक्नुपर्छ’। हाक्पारे ख्याली, पनु नुमा, चेथ्याके, सेवारो, आधुमेरो, शिरबन्दी स्योङ स्योङ र आजुप्सेलगायत आठ गीत समावेश एल्बमको गीतकार एवं भिडियो निर्देशक लोकेन साँबाले भिडियो निर्माण गर्ने भएका छन्। सावाले २०६९ सालमा बजारमा ल्याईने बताए। मोफसलमा रहेर कलाकारिता क्षेत्रमा निरन्तरता दिई रहेका निर्देशक साँबा र गायक राईले संयुक्त रुपमा एल्बम बजारमा ल्याउन लागेका हुन् भने उक्त आसेवारो एल्बमको इभेन्ट म्यानेजजमेन्टको जिम्मा भने सौरव श्रेष्ठले गर्ने भएका छन्।

No comments: