News

Mar 19, 2012

प्रधानमन्त्रीद्वारा एक मन्त्री र दुई राज्यमन्त्रीसँग स्पष्टीकरण माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक मन्त्री र दुई राज्यमन्त्रीसँग स्पष्टीकरण मागेका छन् । श्रम तथा यातायातमन्त्री सरित गिरी एवम् भूमिसुधार राज्यमन्त्री ज्वाला शाह र स्वास्थ्य राज्यमन्त्री रोज यादवसँग प्रधानमन्त्रीले स्पष्टीकरण लिएका हुन । भट्टराईले श्रममन्त्री गिरीसँग श्रमविभागमा भएको विवादास्पद समाचार आइरहेपछि स्पष्टीकरण लिएका हुन । गिरीलाई भट्टराईले श्रम विभागका महानिर्देशकलाई हटाउनुपर्ने कारणबारे सोधेका छन् । त्यस्तै भट्टराईले यादवसँग आइतबार मादक पदार्थ सेवन गरी वीर अस्पतालमा चिकित्सक र पत्रकारमाथि गरिएको दुव्र्यवहारबारे स्पष्टीकरण लिएका हुन भने शहलाई मन्त्रीविरुद्ध किन अभिव्यक्ति दिएको भनेर स्पष्टीकरण लिएका छन् ।

No comments: