News

Mar 19, 2012

स्व.दिल वहादुर लिम्बुको चौथो हत्या प्रकरण स्मरणसभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रविन लिङदेन “आम्भु जेठा”/ हङकङ, मार्च १८, हङकङमा प्रहरीको गोलिबाट मारिएको स्व. दिल वहादुर लिम्बुको चौथो श्रदाञ्जली सभा शनिवार सम्पन्न भएको छ । सन १७ मार्च २००९ मा हङकङ प्रहरी जवान द्घारा लिम्बुलाइ गोलि हानि हत्या गरिएकै स्थान ‘लोक मान सान चुन, होमान्तिन’को डाँडामा सो कार्यक्रम भएको हो । स्व. लिम्बुको आत्माको चिर शान्तिको कामना श्रीमति सोनी राइ लिम्बु र छोरि तान्छोमा लिम्बु द्घारा परंपरा तथा विधिगत रुपमा सुरु गरिएको भावपूर्ण श्रदाञ्जली समवेदना उपस्थित सबैले गरेका थिए । हङकङका प्रहरी जवानले निर्दोष दिल बहादुर लिम्बुलाइ होमान्तिनको डाँडामा पाछाडीबाट टाउकोमा गोलि हानी हत्या गरेका थिए । निर्दोस लिम्बुको हत्याको विरुद्घमा मृतकका श्रीमति सोनी राइ लिम्बुले यहाँको अदालतमा मुद्घा दायर गरेकि थिइन । उक्त मुद्घालाइ कोर्रनर्स कोर्टले ७६ दिनको लामो सुनुवाइ पछि मृतक लिम्बुको हत्या कानुन सम्मत भएको फैसला ग¥यो । श्रमिति राइ लिम्बुले कोर्रनस कोर्टको फैसला आफुलाइ चित्त नवुझेको, कानुन सम्मत नभएको भन्दै आफ्नो वकिल द्घारा हाइकोर्टमा पुनरावलोकन गरेकि थिइन । पुनरावलोकन गरिएको मुद्घा सन १२ जनवरी २०११ मा पनि सो हत्यालाइ कानुन सम्मत भनि फैसाला गरेको छ । श्रदाञ्जली सभामा वोल्दै हङकङ नेपाली महासंघका निर्वतमान अध्यक्ष तथा “स्व. दिलबहादुर संघर्ष समिति”का संयोजक हेम लिम्बुले मृतकका श्रीमतिलाइ नआतिन भनेका छन । उनले मृतक लिम्बुको पक्षमा नेपालीले गरेको संघर्ष सहि भएको वताएका छन । मृतक लिम्बुको वारेमा सर्वोच्च अदालतले पुर्ण फैसला नगरे सम्म चरण वद्घ संघर्ष गरिने संयोजक हेम लिम्बुले वताए । संघर्षमा सम्पूर्ण नेपाली, यहाँको नागरिक, मानव अधिकार कर्मीको साथ रहेको उनले वताए । संयोजक हेम लिम्बुका अनुसार मृतक लिम्बुको मुल मुद्घा आर्थिक अभावको कारण सर्वोच्च अदालतमौ अल्झिएको वताए । उनले अहिले भइरहेको मुद्घा मृतकका श्रीमति र छोरीको लागी क्षतिपूर्ति माग दाविको मुद्घा भएको वताएका छन । क्षतिपूर्ति मागदाविको मुद्घामा यहाँको लिगल एड प्राप्त भएको वताएका छन । क्षतिपूर्ति मुद्घाको छिनोफानो हुन केहि समय लाग्ने महासंघका निर्वतमान अध्यक्ष तथा “स्व. दिलबहादुर संघर्ष समिति”का संयोजक हेम लिम्बुले वताएका छन । नेपाली महासंघका अध्यक्ष प्रदिप थापाले उक्त स्मरण सभामा वोल्दै स्व. दिल वहादुर लिम्बुको हत्याकाण्ड दुःखद भएको वताएका छन । उनले स्व. लिम्बुको हत्या काण्डमा नेपाली महासंघको तर्फबाट तथा आप्mनो ब्यक्तिगत तर्फबाट सक्दो सहयोग गरिरहेको र अझै गर्ने वताएका छन । सभामा लुङफङवा समाजका अध्यक्ष तथा हङकङ तेह्रथुम मञ्चका अध्यक्ष त्रिभुवन लुङफङवाले पनि मृतकका श्रीमति र छोरिलाइ अन्तिम समय सम्म सहयोग गर्ने वताएका छन । शनिवार भएको श्रदाञ्जली सभामा नेपाली सहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फे, कानुनविद दासुराम पराजुलिले आ–आफ्नो मन्तब्य राखेका थिए । हङकङ नेपाली महासंघको आयोजनामा भएको उक्त श्रदाञ्जली कार्यक्रममा लुम्फङवा समाज हङकङको संयोजन रहेको थियो । औपचारिक रुपमा संचालन भएको श्रदाञ्जली कार्यक्रम महासंघको सचिव नन्द चंसुले संचालन गरेका थिए ।

No comments: