लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/रविन लिङदेन “आम्भु जेठा”
हङकङ, मार्च ११, किरातीहरुको लिपि, सिरिजंगा लिपिको पढाइ शनिवार वेलुका ८ वजे देखि १० वजे सम्म हङकङमा संचालन भएको छ । किरात याक्थुङ चुम्लुङको संयोजकमा भएको उक्त कक्षा जी हेनरी ल्योङ, याउमा तेई, तेश्रो तलाको हलमा भएको थियो । सिरिजंगा लिपिको कक्षा संचालन लालमान लावुङ र दिलकुमार चोङवाङले गरेका थिए । अनौपचारिक रुपमा संचालन भएको उक्त कक्षामा भाषा र लिपिको ब्याख्या तथा विश्लेषण लिम्बु भाषाविद टंक चोङवाङले गरेका थिए । एक महिना सम्म सिरिजंगा लिपिको कक्षा कक्षा संचालन हुने किरात याक्थुङ चुम्लुङका अध्यक्ष कृष्णराज लावतीले जानकारी गराएका छन । जी हेनरी ल्योङ, तेश्रो तलाको हलमा प्रतेक शनिवार सांझ वेलुका ८:०० वजे देखि १०:०० वजे सम्म हुने लावतीले जानकारी गराए । उनले हङकङ वासी नेपालीहरु जो सिरिजंगा लिपिको कक्षा लिन इच्छुक महानुभावहरुलाइ उपस्थित भइ कक्षा लिन आग्रह समेत गरेका छन ।
No comments:
Post a Comment