News

Mar 16, 2012

घुस प्रकरणः वन राज्यमन्त्री अख्तियारमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र ३ - पचास हजार रुपैयाँ घुस लिँदालिँदै स्वकीय सचिव पक्राउ परेको दुई सातापछि वन राज्यमन्त्री लक्ष्मण मेहता बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका छन् । रारा राष्ट्रिय निकुञ्ज पीडित संघर्ष समितिले मेहताको निर्देशनमा स्वकीय सचिव नागेन्द्रप्रसाद यादवले घुस मागेको आरोप लगाएपछि उनी पनि तानिएका हुन् । निकुञ्जका लागि २०३३ सालमा सरकारले अधिग्रहण गरेको जग्गाबापतको मुआब्जा दिलाउन फागुन १८ गते घुस लिएकै अवस्थामा अख्तियारले यादवलाई रंगेहात पक्राउ गरेको हो ।

No comments: