News

Mar 15, 2012

संघीयता बिरोधी बन्दको लिम्बुवानको प्रतिकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/प्रदीप मेन्याङ्बो
धरान, चैत्र २ - संघीयताको विरोध गर्दै राष्ट्रिय जनमोर्चाले मेची–कोशी बन्द आव्हान गरेपछि धरानमा लिम्बुवानवादी संगठनले संयुक्त प्रतिकार गर्दै विहीबार मोर्चाका अध्यक्ष चित्र बहादुर केसीको पूत्ला जलाएका छन् । संघीय लिम्बुवानवादी संगठनका कार्यकर्ताले बन्दको प्रतिकारमा उत्रेको जनाउँदै बजार, यातायात खुला गरेको थियो । मोर्चाका केही कार्यकर्ताले धरानमा विहान बजार, यातायात, शैक्षिक संस्था र उद्योग कारखाना बन्द गर्न उर्दी जारी गरेपनि कुमार लिङ्देनले नेतृत्व गरेको मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र संजुहाङ पालुङ्वाले नेतृत्व गरेको लिम्बुवान राज्य परिषद्ले बन्दको प्रतिकारमा उत्रिएको माइकिङ गरेको थियो । माइकिङ पछि धरानमा यातायात र बजार खुलेको थियो । बन्दको प्रतिकारमा उत्रेका कार्यकर्ताहरुले मोटरसाइकल र्याली प्रदर्शन गर्दै घण्टाघर परिसरमा पुगेर कोण सभा गरेर केसीको पुत्ला जलाएका थिए । मोर्चाले संघीयताको निर्णय खारेजीको माग गर्दै आन्दोलन गर्दै आएको छ । तर, पूर्वका संघीयावादी संगठनहरुले मोर्चाको मागलाई पुरा हुन नदिनै भन्दै प्रतिकारमा उत्रनुको विकल्प नरहेको मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का सुनसरी अध्यक्ष डम्बर लिम्बुले बताए ।

No comments: