News

Mar 14, 2012

माओवादीले जातीय संघीयता छाडिसक्यो - टोपबहादुर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चौतारा, चैत्र १ - स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले माओवादीले जातीय संघीयता छाडिसकेको बताएका छन् । एउटा जातले अर्को जातसँग बदला लिने संघीयताले काटमार र विखण्डन ल्याउने भन्दै यस्तो संघीयताको कल्पना माओवादीले नगरेको उनले बताए । सिन्धुपाल्चोकको १९ औं जिल्ला परिषद् निर्णय सार्वजनिक गर्ने कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै रायमाझीले संघीयताको बहस गलत बाटोतिर जान लागेकामा चिन्ता व्यक्त गरे । 'बाहुनक्षेत्रीले हिजो शासन गरे, अब त्यसको बदला लिनुपर्छ भन्ने भावनाले विखण्डन ल्याउँछ,' उनले भने । संघीयताको एउटा आधार जात पनि हो, मन्त्रीको भनाइ थियो, यसको अर्थ गलत लगाएकाले माओवादी असहमत छ । संघीयता समानताका लागि हो । स्थानीय निकायको दलीय संयन्त्र खारेज गर्नु उचित निर्णय भएको प्रस्ट्याउादै कुनै नीति र नियमा नभएको संयन्त्र राखेर टिकेप्रथा टिकाउन नचाहेको बताए । सञ्चारमाध्यमले स्थानीय निकायमा भ्रष्टाचार छ भनेर खेदेको दोषारोपण गर्दै उनले भने, अव कानुनी रुपमा बढी अधिकार दिएर छिटोभन्दा छिटो दलीय संयन्त्र बनाउने बताए । स्थानीय निकायको चुनाव गरौं भन्दा राजनीतिक दलले बाहिर-बाहिर हुन्छ भन्छन्, औपचारिक छलफलमा आफ्नै पार्टी पनि मान्दैन, मन्त्रीले भने, संविधान निर्माणमा समय दिनुपरेकाले अब चुनाव संभव छैन । अख्तियारको आदेशले संयन्त्र खारेज नगरेको दाबी उनले गरे । उनले सचिवहरुलाई कार्यक्षेत्रमा जान निर्देशन दिँदै स्थानीय निकायमा जनशक्तिको अभाव रहेको बताए । जेठ १४ भित्र संविधान बन्छ, उनले भने, यसको विकल्प छैन । पैसा वुझेर शिविर छोडेका 'जनसेना' लाई फेरि भर्ना गर्न मिल्दैन, माओवादी पोलिटव्यूरो सदस्य रायमाझी भने, शान्ति र संविधानमा शंका नगर्न आग्रह गरे । आफ्नै पार्टी भित्र पनि झगडा छ तर यसले शान्ति र संविधान निर्माणमा सहयोग गर्छ ।

No comments: