News

Mar 17, 2012

हङकङमा एचआईभि एड्स संक्रमित डाक्टरद्वारा आत्महत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ, १७ मार्च ,विरामी उपचार गरेर जीवन दान गर्नै चिकित्सक स्वयं एचआईभि एड्स संक्रमित भएपछि उनले आत्महत्या गरेका छन्। एचआईभि एड्स संक्रमित डाक्टरले आत्महत्या गरेको हङकङका स्वास्थ्य सचिव योर्क चाउले शनिवारमात्र खुलासा गरेका हुन्। उनी इष्टर्न अस्पतालमा सर्जन डाक्टरको रूपमा कार्यरत थिए। डाक्टर चाउले अस्पतालमा उपचारार्थ भर्ना गरिएका विरामीहरूमा मृतक डाक्टरबाट एड्स संक्रमणको सम्भावना न्यून रहेको भन्दै शान्त रहन अपिल गरेका छन्। त्यहाँ उपचारमा रहेका विरामीका आफन्तले चिन्ता व्यक्त गरेपछि डाक्टर चाउको भनाई सार्वजनिक भएको हो।

No comments: