News

Mar 20, 2012

माओवादी संस्थापन पक्षको भेला सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपाध्यक्ष मोहन वैद्य समुह आन्दोलनमा उत्रिएपछि त्यसको समाधान गर्न बसेको संस्थापन पक्षको भेला सम्पन्न भएको छ । भेलाले पार्टीभित्र देखिएका विवाद समाधान गर्न केन्द्रीय समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ । आजको भेलाले पार्टी भित्रको विवाद मथ्थर पार्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै दिएको छ । ललितपुरको समिट होटलमा भएको बैठकमा करिब सय जनाको संख्यामा उपस्थिति रहेको थियो । सो भेलाले केन्द्रीय समितिले गर्ने निर्णय नै आधिकारिक हुने भन्दै पार्टी एकतामा जोड दिएको छ ।

No comments: