News

Mar 16, 2012

प्रचण्डपुत्रसहितको टोलिलाई सगरमाथा चढ्न सरकारले दुई करोड दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल सहितको टोलिलाई सगरमाथा आरोहणका लागि सरकारले दुई करोड रुपैयाँ दिने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रचण्डपुत्रसहित माओवादी केन्द्रीय सदस्य कृष्ण केसी नेतृत्वको ११ सदस्यीय सगरमाथा आरोहण टोलिलाई सरकारले दुई करोड दिने निर्णय गरेको हो । लुम्बिनी सगरमाथा शान्ति अभियान २०१२ नाममा यस वर्ष सो टोलिले सगरमाथाको आरोहण गर्ने तयारीमा रहेको छ । यस्तै, मन्त्रिपरिषदको बैठकले निजामति सेवा नियमावली २०५० लाई संशोधन गरेको छ । आजैको मन्त्रिपरिषदले आर्थिक वर्षदेखि नारायणहिटी दरबार संग्रहालयमा गणतन्त्र स्मारक निर्माण थाल्ने निर्णय समेत गरेको छ । यस्तै शुक्रबारदेखि नै सुरु भएको कानुन व्यवसायी सम्मेलनका लागि ७ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

No comments: