News

Mar 14, 2012

विवाह गरेको दुई हप्ता नबित्दै बेहुलीलाई माइती फर्काइयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खोटाङ मात्तिमकी एक महिलाको विवाह भएको दुई हप्ता बित्न नपाउँदै पुनः माइत फर्कन बाध्य हुनु परेको छ । केटा र केटी दुवै पक्षले धुमधामका साथ विवाह गरेको दुई हप्ता बित्न नपाउँदै बेहुली निरासामा घर फर्कनु परेको हो । याम्खा १ वार्लङका बेहुला १६ वर्षीय कविराज खत्रीले केटीको पहिल्यै बिहे भइसकेको हल्ला चलेपछि मात्तिम–३ माइती भएकी १६ वर्षीया ती केटीलाई माइतीलाई नै जिम्मा लगाएका हुन् । विवाह भएको दुई हप्तापछि गाउँमा केटीले यसअघि नै विवाह गरिसकेको हल्ला चलेपछि छिमेकी र परिवार बसेर केटीको माइती पक्षलाई नै जिम्मा दिइएको स्थानीय नवराज विष्टले बताएको राससले उल्लेख गरेको छ । ती केटीले एक वर्षअघि नै मात्तिमका एक युवकसँग विवाह गरेको खुलेको जनाइएको छ । सो विवाह मावली पक्षले नै चाजोपाजो मिलाई धुमधामका साथ गरिदिएका थिए ।

No comments: