लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काँकडभिट्टा, झापा लिम्बुवान, फागुन २६, २०६८,संविधान सभामार्फत तत्काल नयाँ संविधान जारी गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्नायाको अधिकार र स्वाशासनसहितको सङ्खुवा-अरुणपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य घोषणा गर्न गराउन शान्तिपूर्ण संघर्षको चरमोत्कर्षचरणको आन्दोलन जारी छ । यसै आन्दोलनको क्रम्मा संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले २०६८ फागुन २६ गते बिहानको ११ बजेदेखि मेचीपुल काँकडभिट्टा, झापा लिम्बुवानबाट दमकसम्म गरिने लिम्बुवान पैदल मार्चपास आन्दोलन शुभाराम्भ गरेको छ ।
लिम्बुवान, नेपालको पूर्वी सिमाना मेची पुल काँकडभिट्टामा मार्चपासको लागि भेला भएका हजारौं नेता कार्यकर्ताहरु माझ मेचीपुल मार्च पासको व्यानर उद्घाटन गरेर शुभाराम्भ गरिएको यो मार्च पास अघि बढिरहेको छ । संघीय मञ्च तथा सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले मार्च पासको उद्घाटन गर्दै अरुण-सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य घोषणा गराउन शान्तिपूर्ण आन्दोलनको रुपमा यो मार्चपास गरिएको बताउनु भयो । साथै, वहाँले यो शान्पिपूर्ण मार्चपासको आन्दोलनलाई केवल कमजोरीको रुपमा मात्र नठानी दिन एकात्मकवादीहरुलाई चेतावनी दिनुभयो । अध्यक्ष मिराकले आवश्यक परे यी शान्तिपूर्ण तरिकाले खाली हात उत्रेका हजारौं-लाखौं जनताहरु जस्तोसुकै चुनौतीपूर्ण संघर्षका आन्दोलनहरु प्नि गर्न पछि नहट्ने र यो मार्चपास त्यसको लागि रिहर्सल गरिएको पनि बताउनु भयो ।
संघीयता, गणतन्त्र र लिम्बुवानका विभिन्न नाराहरु उद्घोष गर्दै फागनु २६ गते बिहान मेचीपुस काँकडभिट्टाबाट शुरु भएको यो मार्चपासले करिब ३५ किलोमिटरको पैदल यात्रा पार गरेर त्यसदिन सत्तासी दूधेसम्म पुगेर त्यही गाउँमै रहने छ । यसैगरी, दोस्रो दिन फागुन २७ गते सत्तासी दूधेबाट विहान सबेरै मार्चपास शुर्रुभई करिब १५ कि. मि. को दूरी पार गरे दिनको १ बजे दमक झापामा पुगी समापन समारोहमा परिणत हुनेछ । सो समापन समारोहलाई संघीय मञ्च र लिम्बुवानका प्रमुख नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।
- डीबी आङ्बुङ लिम्बू
No comments:
Post a Comment