News

Mar 19, 2012

हङकङ बाट रु १,५०००० पान्थर चुम्लुङ हिम निर्माणको लागि सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तान्छोहाङ लाओती हङकङ, पान्थर मञ्च हङकङले आफ्नो थातथलो सम्झने क्रममा यसपाली पान्थर चुम्लुङ हिम निर्माणको लागि हङकङमा रहनु हुने पान्थरे तथा गैरपान्थरेहरु संग हातेमालो गर्दै रकम संकलन गरेर सहयोगको गरेको छ । जुन भवन निर्माण पश्चात किरात याक्थुङ चुम्लुङ पान्थर जिल्ला शाखाको अफिसकोरुपमा सञ्चालन हुने छ । पहिलो चरणमा पान्थर मञ्च हङकङले आफ्नो कोषबाट रु ३०,००० र कार्यसमितिबाट रु २०,००० गरि जम्मा रु ५०,०००० सहयो गरेको छ । जुन रकम मञ्चका सदस्य श्रीमती पबित्रा र्राई आफ्नो व्याक्तिगत काममा नेपाल जानेक्रममा पान्थर जिल्लामा गएर पान्थर चुम्लुङका अध्यक्ष चन्द्र बहादुर आङदेम्बेलाई सो रकम हस्तातरण गर्नु भएको थियो । दोस्रो चरणमा थप रकम सहयोगको लागि पान्थर मञ्च हङकङका उपाध्यक्ष कल्पना -सुक) तुम्रोकको सयोजनमा पान्थर चुम्लुङ हिम निर्माण सहयोग समिती गठन भएको छ । सदस्यहरुमा मञ्चका उपाध्यक्ष कुमार गुरुङ,सचिव टिका माखिम,कोषाध्यक्ष बालकृष्ण लिम्बु र कृष्णराज लाओती रहेका छन । यो समितीले संकलन गरेको रकम हस्तातरण गर्ने क्रममा जम्मा भएको रकम मध्ये बाट गतसाता पान्थर चुम्लुङको नेपाल बैकं को खाता नं. ४०२६ मा रु १,००००० -एक लाख) जम्मा गरे को छ । सहयोग रकम संकलन जारीरहेको ले गर्दा सहयोग दाताहरुको नामवली पछि मात्र प्रकाशन हुने छ । साथै सहयोगी हातहरुलाई एकमुष्ट सलाम आउने सहयोगिहातहरुलाई स्वागत ।

No comments: