News

Mar 15, 2012

अवकाश प्राप्त पूर्व लडाकुहरु संगठित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङ, चैत्र २ - माओवादीका अवकाश प्राप्त लडाकुहरुको बुधबार राति लमहीमा सम्पन्न राष्ट्रिय भेलाले 'अवकाश प्राप्त जनमुक्ती सेना केन्द्रीय संयोजन समिति' गठन गरेको छ । छैठौं डिभिजन सहकमाण्डर नेपबहादुर कुँवर 'विवेक' को संयोजकत्वमा गठित समितिमा बटालियन कमाण्डरभन्दा माथिका सबै लडाकु रहेका छन् । समितिले पार्टीमा लडाकुको भूमिका, पार्टीमा बढिरहेको बिकृतीमा सुधार लगाएतका कामहरु गर्ने भएको छ । भेलाले अवकाश रोजेका लडाकुलाई पार्टीमा सम्मानजनक स्थान दिनुपर्ने, घाइते अपांग लडाकुलाई राहत प्याकेज तत्काल उपलब्ध गराउनुपर्ने लगाएतका माग गरेको छ । भेलामा माओवादीका महासचिव रामबहादुर थापा बादल, स्थायी समिति सदस्य नेत्रबिक्रम चन्द लगाएतका मोहन बैद्य पक्षीय नेताहरुको उपस्थिति थियो । भेलामा देशभरका सातवटै डिभिजनका प्लाटुन सहकमाण्डरभन्दा माथिका ४ सय बढी लडाकुहरु सहभागी थिए । अवकाश रोजेपछि पार्टीले कुनै भूमिका नदिएर वेवास्ता गरेकाले भेला गरेर समिति चयन गरिएको पाँचौं डिभिजन सहकमाण्डर रामलाल रोकाले बताउनुभयो ।

No comments: