News

Mar 16, 2012

आन्दोलनमा उत्रिएका नर्सिङका विद्यार्थीद्वारा क्यान्टिन भवनमा तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कलेज प्रशासनसँग भएको सहमति तत्काल कार्यान्वयन गरिनुपर्ने र चर्को शुल्क घटाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका चितवनको आशा नर्सिङ कलेजका विद्यार्थीले आज सो नर्सिङ होमको क्यान्टिन भवनमा तोडफोड गरेका छन्। विभिन्न राजनीतिक दलका भ्रातृ संगठनको नेतृत्वमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले क्यान्टिन र फिजियो थेरापी भवनका आधा दर्जन झयालका सिसा फुटाएका छन्। उनीहरुले आज पनि चितवनका विभिन्न भागमा यातायातमा समेत अवरोध गरेका छन्। आक्रोशित विद्यार्थीहरुले चौवीसकोठीमा एउटा मोटरसाईकलमा समेत तोडफोड गरेका छन्। नर्सिङ कलेजले चर्को शुल्क लिएको भन्दै विद्यार्थी विगत तीन दिनदेखि आन्दोलनमा छन्।

No comments: