News

Mar 14, 2012

उत्तर कोरियाको विषयमा राष्ट्रसंघमै हात हालाहाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेनेभा, फागुन ३० (एजेन्सी) - राष्ट्रसंघीय मानवअधिकार परिषद बैठकमा उत्तर कोरियाको विषयलाई लिएर हात हालाहाल भएको छ। यस विषयमा सुरक्षाकर्मीले एक व्यक्तिलाई पक्राउ गरेका छन्। पक्राउ पर्ने व्यक्ति दक्षिण कोरियाली भएको बताइएको छ। वैठकमा उत्तर कोरियाली प्रतिनिधिले त्यहाँ प्रस्तुत गरिएको प्रतिवेदनको कडा आलोचना गरेका थिए। उनले त्यो पूर्ण रुपमा कपोकल्पित भएको बताउँदै विरोध जनाएका थिए। उक्त प्रतिवेदनमा उत्तर कोरियामा मानवाधिकारको स्थिति बारे उल्लेख गरिएको थियो। प्रतिवेदनमा सन् २०११ देखि जनवरी २०१२ सम्मको स्थितिको विवेचना गरिएको थियो।

No comments: