News

Mar 14, 2012

किङफिसरद्वारा नेपाल उडान बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १ - लगातार घाटा बेहोर्दै आएको भारतीय विमान कम्पनी किङफिसरले नेपाल उडान कटौती गरेको छ । सेन्टर फर एसिया प्यासिफिक एसिया (कापा) को वेबसाइट अनुसार मार्चदेखि कम्पनीले नेपाल लगायत बैंकक, ढाका र लन्डन उडान कटौती गरेको हो । आर्थिक समस्याले सेवा सञ्चालन गर्न नसक्ने स्थितिमा पुगेको किङफिसरले दुई सातादेखि काठमाडौं उडान गरेको छैन । 'पर्यटकीय मौसम सुरु भएकाले अकुपेन्सी (यात्रु चाप) समस्या थिएन,' नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, 'कम्पनी डुब्न लागेकाले सेवा सञ्चालन गर्न नसकेको हो ।' किङफिसरले दिल्ली-काठमाडौं दैनिक उडान गर्दै आएको थियो । कम्पनीले २५ मार्चदेखि उडान सुचारु गर्ने जनाउँदै आएको छ । तर नियमित उडान हुनेमा शंका रहेको ती अधिकारीले बताए ।

No comments: