News

Mar 19, 2012

प्रहरीद्वारा मलेसियामा ३१ नेपालीको उद्धार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
देशमा बेरोजगारीका कारण बर्षेनी कयौँ युवा जनशक्ति विदेश पलायन हुने गरेका छन् । यसै क्रममा करिब डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका ३१ नेपालीलाई कम्पनी एजेन्टले चर्को शारीरिक र मानसिक यातना दिएपछि पेनङस्थित प्रहरीले उद्धार गरेको छ । एजेन्टले उनीहरु सबैलाई पेनाङको जलान पी.राम्लीस्थित एक घरमा एउटै कोठामा एक महिनादेखि भोकभोकै राखेको मलेसियाली सञ्चारमाध्यमहरुले जनाएका छन् । पीडितका अनुसार एजेन्टले ३४ जनाका लागि मासिक २० केजी मात्रै चामल दिने र कुटपिट गर्ने गरेको थियो । यस्तो अवस्थामा भेटिएकोमा ४५ जना भियतनामी कामदार पनि छन्, तीमध्ये ४२ जना महिला छन् । प्रहरीले उनीहरुलाई उद्धार गरी त्यहाँको उक स्थानीय अदालतमा पुर्याएका र अदालती आदेशअनुसार क्वालालम्पुरस्थित सुरक्षित केन्द्रमा राखिने जनाइएको छ । घटनाबारे केही दिनअघि जानकारी पाइएको र समस्या समाधानका लागि पहल भइरहेको यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

No comments: